कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उपत्यकामा असार १५ को रौनक

तस्बिर : दीपक केसी, तस्बिर : सफलप्रकाश श्रेष्ठ

काठमाडौँ — आज असार १५ अर्थात् धान दिवस । देशभर विविध कार्यक्रम गरी मनाइएको छ भने किसानहरुलाई धान रोप्ने चटारो सुरु भएको छ । 

किसानहरुले शनिबार खेतमा धान रोप्दै दही चिउरा खाएर असार पन्ध्र मनाएका छन् । मानो रोपेर मुरी उब्जाउने महिना हो असार । गाउँबेसी र तराईका फाँटहरुमा अहिले धान रोप्ने चटारो छ । हल गोरुले हिल्ल्याएको हिलो सम्याउँदै बाउसे गरेर छुपुछुपु धान रोप्दै गरेका रोपाहारहरुको दृश्य रमाइलो देखिन्छ । त्यसमाथि लाठे र रोपाहारको दोहोरी असारे भाकाले खेतको माहोल झन् रमाइलो बन्छ । के बच्चा के बुढा ! एक आपसमा हिलो छ्यापाछ्याप गरेर मनाउँछन् धान दिवस । शनिवार ललितपुरको खोकना र भक्तपुरको डेकोँचाका वेँशीमा धान रोपाइँ गरेर असार पन्ध्र मनाइएको छ । 

प्रकाशित : असार १५, २०८१ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्