कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बस्तीमा आतंक फैलाउने चितुवा नियन्त्रणमा

कमल पन्थी

बर्दिया — बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका–१, शंकरबस्तीमा आतंक फैलाउँदै आएको चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

बस्तीमा आतंक फैलाउने चितुवा नियन्त्रणमा

करिब एक महिनादेखि बस्तीमा पसेर खसी, बोका, बंगुर लगायत घरपालुवा चौपाया खाँदै आएको उक्त चितुवालाई ट्र्यापमा पारेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले बताए ।

चितुवाको पहिचान गर्न क्यामेरा ट्र्याप जडान गरिएको उनले जनाए । नियन्त्रणमा लिएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाउन लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । यस चालु आवमा ३ वटा चितुवालाई नियन्त्रणमा लिई बर्दिया निकुञ्जमा छाडिएको छ ।

प्रकाशित : असार १५, २०८१ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×