कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले आफू मन्त्री रहँदासम्म शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताइन् । 

शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ

उनले विश्वविद्यालयमा प्रहरी परिचालन गरेर भएपनि राजनीतिक दलका भातृ संगठनको हस्तक्षेपलाई अन्त्य गर्ने बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा प्रहरी राखेर अन्तर्वार्ता गर्नुपर्ने परिस्थिति बनेको सुनाइन् ।

उनले भनिन्, ‘त्रिविमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको थियो । त्यो विज्ञापन गर्न पाइदैनँ भनेर फेरि अर्को एउटा समुह उठेछ र तालाबन्दी गरेछ । धम्की दिएछ । प्रहरीहरु राखेर अन्तर्वार्ता गर्नुपर्ने । प्रहरीहरु राखेर काम गर्नुपर्ने परिस्थिति छ । यसमा सबैले म-म गर्नुपर्ला, त्यो भ्रातृ संगठनहरु कुन राजनीतिक दलको हो भनेर । शिक्षामन्त्री गयो भने राजनीतिक हस्तक्षेप, प्रहरी गयो भने राजनीतिक हस्तक्षेप । त्यसकारण यो त्यतिबेलासम्म कायम हुन्छ, जुन बेलासम्म दलीय राजनीतिक हस्तक्षेप अन्त्य हुँदैन । तर जबसम्म म शिक्षामन्त्री छु, बरु प्रहरी प्रयोग गर्छु । तर गुन्डागर्दी सहिन्नँ । र दलीय राजनीतिकरण हटाएरै छोड्ने हो ।'

मन्त्री श्रेष्ठले एसईई परिक्षाको नतिजामा शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने बताइन् । उनले एसईईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको बताइन् । शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक, अभिभावक, राजनीतिक व्यक्ति सबैले उत्तिकै ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १७, २०८१ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×