कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

अस्पतालहरुको सुधारलाई प्राथमिकतामा राखेको छु : स्वास्थ्यमन्त्री यादव

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालयले रातदिन काम गरिरहेको बताए ।

अस्पतालहरुको सुधारलाई प्राथमिकतामा राखेको छु : स्वास्थ्यमन्त्री यादव

उनले राजनीतिक अस्थिरता रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताए । उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए ।

उनले भने, ‘अस्पतालहरुको सुधार नै मेरो मुख्य लक्ष्य हो । सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु । सुधार गर्नको निमित्त अघि बढेका छौँ । राजनीति स्थिरता छैन। जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठूलो ठूलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन । त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ । सबै कुरा बुझेका छैनौँ । तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ ।'

उनले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा अध्ययन गर्ने काम भइरहेको र रिपोर्ट आउने क्रममा रहेको बताए । मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको दाबी गरे ।

प्रकाशित : असार १७, २०८१ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×