कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेकपा एसको महाधिवेशन एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौं : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प आफूहरुले लिएको बताएका छन् । 

नेकपा एसको महाधिवेशन एकताबद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौं : अध्यक्ष नेपाल

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताएका हुन् ।

‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं,’ उनले भने ।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वाभाविक भएको बताए । पार्टीमा गुटबन्दी नहोस् भन्ने कुरामा आफूहरू सचेत रहेको उनले बताए ।

प्रकाशित : असार १५, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×