कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी सिफारिस

काठमाडौँ — सभामुख देवराज घिमिरले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सोमबार सिफारिस गरेका छन् ।

प्रतिनिधिसभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी सिफारिस

सभामुखले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वार्ड नम्बर २ का अधिकारीले केही महिनाअघि शिक्षा सचिवबाट अवकास पाएका थिए । प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो ।

प्रकाशित : असार १७, २०८१ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×