कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

त्रिवि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखमा अर्याल नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखमा सह-प्राध्यापक डा.कुन्दन अर्याल नियुक्त भएका छन् ।पेशागत रुपमा पत्रकारिता र प्राज्ञिक क्षेत्र दुवैमा जोडिएका अर्याल मानव अधिकारको क्षेत्रमा  पनि क्रियाशिल छन् ।

त्रिवि पत्रकारिता तथा आमसञ्चार विभाग प्रमुखमा अर्याल नियुक्त

प्रेस स्वतन्त्रता र मानव अधिकार पक्षमा उभिँदै आएका अर्याल २०६८ सालमा औपचारिक रुपमा उप प्राध्यापक हुँदै त्रिवि सेवामा प्रवेश गरेका हुन् ।

त्यसअघि पनि त्रिभुवन तथा पूर्वाञ्चल विश्वविद्यालयमा उनले यही विषय अध्यापन गराउँदै आएका थिए । अर्यालले ‘ट्रान्जिसन अफ न्युजपेपर जर्नालिज्म फ्रम पार्टेसनसीप टू कमर्सिलिज्म इन पोस्ट १९९० नेपाल’ शीर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट विद्यावारिधि गर्ने उनी पहिलो शोधार्थी हुन्। नेपालमा प्रजातन्त्र पुनर्स्थापनापछि कसरी दलीय आस्थाका अखबार व्यावसायिक बने भन्ने उनको शोधको क्षेत्र हो ।

अर्यालले पत्रकारिता क्षेत्र र यसको उच्च शिक्षालाई बलियो बनाउन न्युजरुम र क्लासरुम बीच सहकार्य हुनुपर्नेमा सधैं जोड दिँदै आएका छन् । 'अहिलेको पत्रकारिता क्षेत्रलाई कस्तो जनशक्ति चाहिन्छ त्यसअनुकूल पाठ्यक्रम निर्माणदेखि अध्ययन अध्यापन गराउने र न्यजुरुम र क्लास रुमलाई कनेक्ट गर्ने काममा म केन्द्रित हुनेछु' विभागीय प्रमुख अर्यालले ईकान्तिपुरसँग भने । उनले पत्रकारिताका सर्टटर्म कोर्ष र रिसर्चमा पनि विभागलाई केन्द्रित गराउने प्रतिबद्धता जनाए ।

अर्याल विश्वविद्यालय सेवा प्रवेशपूर्व हिमाल खबर पत्रिकाको सम्पादकका रुपमा जिम्मेवारी सम्हालेका थिए। त्यसअघि विभिन्न साप्ताहिक पत्रिकामा नेतृत्वदायी भूमिका निर्वाह गरेका अर्यालका मानव अधिकार र प्रेस, छापामा कार्टुन लगायतका पुस्तक प्रकाशित छन् । अर्याल अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्षसमेत हुन्।

प्रकाशित : असार १४, २०८१ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×