कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, कुन-कुन कृति परे ?

काठमाडौँ — पद्मश्री साहित्य पुरस्कार-२०८०का लागि विस्तारित सूची(लङलिस्ट) सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । चयन समितिले १५ पुस्तकमध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने पनि प्रतिष्ठानले जनाएको छ । 

पद्मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, कुन-कुन कृति परे ?

वि.सं. २०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तक प्राप्त भएको आधारमा विस्तारित सूची चयन गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

गत वर्ष 'मनु' उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानले २०६३ सालदेखि निर्णायक मण्डलको छनोटका आधारमा साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष लामो समयदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकालाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ । साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ ।

सूचीमा परेका कृतिहरू [अकारादी क्रममा]

१.अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

२.अद्वैत- उपन्यास, कृष्ण गौतम

३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा

४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन

५.गोधूलि गीत- उपन्यास, भानु बोखिम

६.गोपीचा- उपन्यास, विश्व कुइकेल

७.जोगियाना- संस्मरण, कुमार नगरकोटी

८.बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले

९.बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना

१०.बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल

११.बोरा- उपन्यास, अखण्ड भण्डारी

१२.भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

१३.लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा

१४.संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो

१५.साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

प्रकाशित : असार १५, २०८१ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×