कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमाडौँ — राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा नरेश सुवेदी नियुक्त भएका छन् । यसअघिका सदस्यसचिव शरदचन्द्र अधिकारीले पदावधि सकिनुअगावै राजीनामा दिएपछि बाँकी कार्यकालका कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले सदस्य सचिवमा सुवेदी नियुक्त गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

नवनियुक्त सदस्य सचिव सुवेदीले गैंडामा विद्यावरिधि गरेका छन् । कोषमा यसअघि उनी निर्देशकको रूपमा कार्यरत रहेका कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले जानकारी दिए ।

कोषका सदस्य सचिवको कार्यकाल ५ वर्ष भए पनि समाय अगावै सदस्य सचिवले राजीनामा दिए बाँकी कार्यकालका लागि अध्यक्षले सदस्य सचिव नियुक्त गर्ने व्यवस्था छ ।

कोषभित्रकै व्यक्ति सदस्य सचिवमा नियुक्त भएपछि कोषमा विद्यमान समस्याहरू समाधान हुने कर्मचारीहरूले बताएका छन् । विगत केही समयदेखि कोषको कर्मचारी युनियनले विभिन्न मागहरू राखेर आन्दोलन गर्दै आइरहेक छन् ।

प्रकाशित : असार १७, २०८१ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×