कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले बाँधे मुखमा कालो टेप

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालले मुखमा कालो टेप बाँधेर विरोध जनाएका छन् । बालाजुस्थित केन्द्रीय कार्यालयमा चलिरहेको बैठकमा महामन्त्री ढकालले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपको क्रस बनाएका छन् । 

रास्वपा केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले बाँधे मुखमा कालो टेप

बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप उनले मुखमा कालो टेप बाँधेका हुन् । लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।

केही दिनअघि मात्र रास्वपाले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधिएको थियो । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो । देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारेका थिए ।

एमाले-कांग्रेसले सरकार बनाउने सहमति गरेपछि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ ।

प्रकाशित : असार १९, २०८१ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×