कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४१

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने ५ जना पक्राउ

काठमाडौँ — नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिसा राज्य केन्द्रवडा घर भएका कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–७ का क्षेत्रबहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका–२ का दिपक थापा, लाजिम्पाट बस्ने दाङ घर भएका बसन्त चौधरी र काठमाडौं महानगरपालिका–१५ चौमती बस्ने रविन महर्जन रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका–७ विष्ट गाउँका एक पुरूषलाई दासले नक्कली सुनको मूर्ति देखाई रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ पनि प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०८१ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×