कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जाजरकोटमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

जाजरकोट — पहिरोमा परी जाजरकोटमा एक जना बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । गएराति परेको अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोटमा पहिरोले घर पुरिँदा एक बालकको मृत्यु

पहिरोमा परी रमेश पनि घाइते भएका छ्न । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । परिवारका अन्य ४ सदस्य भने सकुशल रहेका छन् ।


प्रकाशित : असार १७, २०८१ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×