कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

सुर्खेतमा मानवअधिकार उल्लंघनका १३१ घटना

सुर्खेत — सुर्खेतमा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका हुन् ।

सुर्खेतमा मानवअधिकार उल्लंघनका १३१ घटना

सोमबार वीरेन्द्रनगरमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सुर्खेतले माघ महिनादेखि असारसम्मका १ सय ३१ वटा मानवअधिकार उल्लंघनका घटना भएको तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा घरेलु हिंसाको घटना धेरै भएको बताइएको छ । राज्य पक्षबाट दुई वटा र अन्यबाट १ सय २९ वटा घटना भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए ।

उनका अनुसार घरेलु हिंसा ८३, बलात्कार २३, बहुविवाह, ३, महिला अधिकारकार ८, जातीय विभेद २ लगायका घटना घटेका छन्। मानव अधिकारका घटना न्युनीकरण गर्न स्थानीय तहको पनि सक्रियता आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

प्रकाशित : असार १७, २०८१ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×