कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नयाँ विद्युतीय बसका लागि बुकिङ खुला

काठमाडौँ — ससिला मोटर्सले भ्यान्च ब्रान्डको नयाँ विद्युतीय बसका लागि बुकिङ खुला गरेको छ । उक्त ब्रान्डको २२ सिट क्षमता भएको नयाँ यात्रुवाहक विद्युतीय बस नेपाल भित्रिनुअघि नै कम्पनीले बुकिङ खुला गराएको हो ।

नयाँ विद्युतीय बसका लागि बुकिङ खुला

यो बस एक पटकको फुलचार्जमा तीन सय किलोमिटर गुड्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ । बसमा चार सय एनएमको टर्क र एक सय किलोवाटको पिकपावर छ ।

एक २३ किलोवाटको ब्याट्री भएको यो बसमा एयर कन्डिसन र सबै प्रकारको सुरक्षाका विशेषता रहेको कम्पनीले जानकारी दिएको छ । यो बस २५ फिट लामो भएकाले छोटो दूरीमा सञ्चालन गर्न यो यात्रुमैत्री हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।

प्रकाशित : असार १७, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×