कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ — प्रतिनिधि सभा बैठकमा सरकारको एकजना पनि मन्त्री उपस्थित नभएपछि १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित भएको छ ।

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

सोमबार ११ बजेका लागि बोलाइएको बैठक करिब १७ मिनेट ढिला सुरु भएको थियो । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउना साथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

‘प्रतिनिधि सभा बैठकमा मन्त्रिपरिषद्का सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था छ, नभएको कारणले गर्दा म ध्यानाकर्षण गराउन चाहान्छु ।’

सभामुख घिमिरेले सांसद यादवको कुरा ध्यानाकर्षण भएको भन्दै बैठक १५ मिनेटपछि बस्नेगरी स्थगित गरे ।


प्रकाशित : असार १७, २०८१ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×