कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

आत्मघाती गोलबाट फ्रान्सलाई राहत

एपी

डुसेलडोर्फ — केलियन एमबाप्पेका लागि एक अर्को खराब खेल । युरो २०२४ फ्रान्सको आफ्नै गतिलो हुन नसकेको प्रदर्शन । तर, यसले फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पलाई केही फरक पारेको छैन । मुख्य कुरा, फ्रान्स सोमबार बेल्जियमलाई सोमबार १–० ले हराएर क्वाटरफाइनल पुगेको छ । 

आत्मघाती गोलबाट फ्रान्सलाई राहत

‘यो त अति सुन्दर रह्यो,’ डेसच्याम्पको प्रतिक्रिया थियो । खेलको एकमात्र गोल आत्मघाती थियो । यो प्रतियोगिताकै नवौं आत्मघाती गोल रह्यो । यो खेल दुई छिमेकीबीचको थियो । फिफा वरीयतामा नम्बर २ र ३ को । तर, खेलमा त्यस्तो केही पनि रहेन, जस्तो अपेक्षा गरिएको थियो ।

अझ जुन प्रकारको गोल निर्णायक रह्यो, त्यसले मज्जालाई किरकिर पारेको छ । दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा छिरेका रान्डल कोलो मुएनीले ८५ औं मिनेटमा गरेको प्रहार यान भेर्टोगनलाई लागेर गोलमा परिणत भएको थियो । मुएनी आफैंले खेलपछि भने, ‘म त भाग्यमानी रहें । मेरो प्रहार रोक्न खोजिएको थियो, तर बलले पोस्टको दिशा लियो । हामी सबै धेरै खुसी छौं र प्रदर्शनमा गर्व छ ।’

सायद यो उनकै नाममा हुनुपर्ने गोल थियो, तर यूईएफएले फरक सोच्यो । यसपल्ट पूरा प्रतियोगिताकै कथा आत्मघाती गोल रहेको छ । प्रतियोगितामा फ्रान्सले पाएको यो दोस्रो आत्मघाती गोल उपहार हो । केलियन एमबाप्पेले गरेको एक गोल पनि पेनाल्टीबाट सम्भव भएको थियो । यसको अर्थ के भन्दा फ्रान्सले यस प्रतियोतिगामा अहिलेसम्म ‘ओपन प्लेस’बाट कुनै गोल गर्न सकेको छैन । डेसच्याम्प यसबारे भन्छन्, ‘यो गोल नै हाम्रो जितलाई पर्याप्त रह्यो । हामी गोल गर्न भने सक्षम छौं ।’

अस्ट्रियाविरुद्धको खेलमा अनुहारमा चोट लागेपछि मास्क लगाएर खेलिरहेका एमबाप्पेले पाँच आक्रमण बुनेका थिए । फ्रान्सले समग्रमा २० आक्रमण रचेको थियो । यसमध्ये कुनै पनि पोस्टको दिशामा थिएन । बेल्जियमले भने सक्दो एमबाप्पेलाई रोक्ने काम गरेको थियो । यसको जिम्मेवारी लिनेमा केभिन डी ब्रुयनासमेत थिए । उनले तल झरेर खेल्ने मिडफिल्डरको भूमिका निभाए । अब यो टिम निरास भएर घर फर्कने छ, टोलीका लागि प्रतियोगिता राम्रो निस्केन ।

यससँगै बेल्जियमको स्वर्णिम पुस्ताका खेलाडीको प्रदर्शनमा एउटा अर्को दाग लागेको छ । बेल्जियमका समर्थक फनि खुसी हुन सकेनन् । युत्रेनविरुद्धका खेलमा तिनै समर्थक आफ्नो टिमको प्रदर्शनमा विरोधमा उत्रेका थिए । यता एमबाप्पेले भने युरोमा आफ्नो पहिलो क्वाटरफाइनल खेल्नेछन्, किनभने यसअघि युरोमा फ्रान्स स्विट्जरल्यान्डको हातबाट अन्तिम १६ मै रोकिएको थियो ।

प्रकाशित : असार १९, २०८१ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×