कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बोसियामा सुवेज्ञा र मलिनालाई स्वर्ण

काठमाडौँ — पारा तथा विशेष खेलकुदअन्तर्गत बोसियाको बीसी टु स्पर्धाको महिलामा सुवेज्ञा खतिवडा पहिलो भएकी छन् । सीताकुमारी ढकाल दोस्रो र साधना घिमिरे तेस्रो भए ।

बोसियामा सुवेज्ञा र मलिनालाई स्वर्ण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा अपांगता भएका व्यक्तिका लागि नेपाल बोसिया संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बीसी थ्रीको मिक्समा मलिना खड्गी पहिलो, कृष्टिना मगर दोस्रो र युनिशा लिम्बू तेस्रो बने । बीसी टुको मिक्समा इन्द्र अवालेले स्वर्ण, विशाल श्रेष्ठले रजत र ललिता बस्नेतले कांस्य जिते ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको बीसी टु पेयरमा उमंगराज कार्की र जिज्ञासा अधिकारी पहिलो, सुरञ्जन रावत र लक्ष्मी मगर दोस्रो तथा सुमन पलिखेल र कृष्णा तेस्रो भए । पुरुषको बीसी फोरमा आयन पुजारीले स्वर्ण, विष्णु घिमिरेले रजत र कोषबहादुर थापाले कांस्य जिते ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, आयोजक बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले पुरस्कृत गरे ।

प्रकाशित : असार १६, २०८१ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×