कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

अल्कारेजको संघर्षपूर्ण विजयी सुरुवात

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेजले सोमबार विम्बल्डन-२०२४ मा विजयी सुरुवात गरेका छन् । तर यो जित संघर्षपूर्ण रह्यो । उनले पहिलो चरणमा इस्टोनियाली क्वालिफायर मार्क लाजललाई ७–६, ७–५ र ६–२ ले पराजित गरेका हुन् ।

अल्कारेजको संघर्षपूर्ण विजयी सुरुवात

गत महिना फ्रेन्च ओपन जितेयता स्पेनी खेलाडी अल्कारेज लगातार अर्को ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा छन् । शीर्ष वरीयताका यानिक सिनरले भने अर्को खेलमा यानिक हान्फमनलाई ६–३, ६–४, ३–६ र ६–३ ले हराए ।

महिलातर्फ इमान राडुकानले रेनाटा जाराजुआलाई ७–६ र ६–३ ले हराइन् । यस्तै नाओमी ओसाकाले भने डायना पेरीमाथि ६–१, १–६ र ६–४ को जित निकालिन् ।


प्रकाशित : असार १८, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×