कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

शाहरुख खानलाई 'लोकार्नो'मा सम्मान

काठमाडौँ — बलिउड अभिनेता शाहरुख खान प्रतिष्ठित फिल्म महोत्सव 'लोकार्नो'मा सम्मानित हुँदैछन् । महोत्सवको 'करिअर्सि अचिभमेन्ट' अवार्डबाट उनी सम्मानित हुने घोषणा भएको छ ।

शाहरुख खानलाई 'लोकार्नो'मा सम्मान

'सयभन्दा अधिक फिल्महरुमा काम गरेका शाहरुखलाई भारतीय सिनेमामा उनको उल्लेखनीय करिअरका लागि यो अवार्डले सम्मान दिनेछ,' लोकार्नोले शाहरुखलाई दिइने अवार्डमाथि यस्तो उल्लेख गरेको छ । महोत्सवको ७७ औं संस्करणले साउन २६ मा शारुखलाई यो अवार्डबाट सम्मान गर्दैछ । महोत्सवमा सञ्जयलीला भन्सालीद्वारा निर्देशित शाहरुखको सबैभन्दा धेरै रुचाइएको फिल्म 'देवदास' पनि देखाइने छ ।

'शाहरुखजस्तो जीवित लेजेन्डलाई लोकार्नोमा स्वागत गर्न पाउनु सपना पूरा हुनुजस्तै हो । हिन्दी सिनेमामा उनले पुर्‍याएको योगदान अतुलनीय छ । खान यस्तो किङ हुन्, जसले आफ्नो सम्बन्ध ती दर्शकसँग बनाइरहने जसले उनलाई किङ बनाए, माने । यी बहादुर र साहसी कलाकार सँधै आफूलाई चुनौती दिने समस्याहरुको सामना गरिरहे । एक सच्चा 'जनताको नायक'का रुपमा शाहरुख परिष्कृत, भूँइसँग जोडिएको शाहरुख हाम्रो समयको एक दिग्गज नै हुन्,' लोकार्नोको आर्टिस्टिक निर्देशक जियोना ए.ले शाहरुखमाथि यस्तो भनाइ दिएका छन् ।

शाहरुखले सन् २०२३ मा मात्रै तीन ब्लकबस्टर फिल्म दिएका छन् । 'पठान' र 'जवान' त बक्स अफिसमा ब्लकबस्टर नै सावित भयो । सन् २०२३ मै शाहरुख अभिनित अर्को फिल्म 'डन्की' पनि प्रदर्शनमा आएको थियो ।

प्रकाशित : असार १८, २०८१ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×