कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'स्वस्तानी भर्सेस ग्याङ्ग'को पहिलो श्रृंखला युट्युबमा

काठमाडौँ — कार्टुन क्रुको प्रस्तुतीमा तयार भएको वेभ सिरिज 'स्वस्तानी भर्सेस ग्याङ्ग' सार्वजनिक भएको छ । सिरिजको पहिलो श्रृंखला क्रुको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

'स्वस्तानी भर्सेस ग्याङ्ग'को पहिलो श्रृंखला युट्युबमा

सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा कलाकारहरु आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेशसिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल , मानश श्रेष्ठ ,अस्मिता खनाल, रोश्नी कार्कीलगायतका कलाकारको अभिनय छ ।

डान्सरसमेत रहेका निर्देशक सरोजले सागर खनाल मिलेर यो सिरिज निर्माण गरेका हुन् । सिरिजको कार्यकारी निर्माता विजय अधिकारी हुन् । पहिलो श्रृंखलामा दुई पात्रको प्रेम देखाइएको छ । गाउँबाट आफ्नो प्रेमलाई भेट्न काठमाडौं आइपुगेकी प्रमुख पात्र अब कस्ता समस्याहरु पर्दै जालिन् ? दोस्रो श्रृंखलालाई त्यसको जवाफ दिने ठाउँ छोड्दै पहिलो श्रृंखला तयार पारिएको छ ।

पहिलो श्रृंखलामा गायक प्रताप दास कलाकारका रुपमा देखिएका छन् । यो सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका हुन् । संकल भुजेलले खिचेको यो श्रृंखलामा सागर खनालको सम्पादन छ । सिरिजमा १० श्रृंखला समावेश छन् ।

प्रकाशित : असार १३, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×