कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल–अमेरिका फिल्म फेस्टिभल सम्पन्न

काठमाडौँ — असार ६ देखि सुरु भएको नेपाल–अमेरिका फिल्म फेस्टिभलको ७ औं संस्करण सम्पन्न भएको छ । फिडेल देवकोटाद्वारा निर्देशित फिल्म 'द रेड सुटकेस' प्रदर्शन गर्दै फेस्टिभलको समापन गरिएको हो । 

नेपाल–अमेरिका फिल्म फेस्टिभल सम्पन्न

४ दिनसम्म चलेको यो फेस्टिभलको उद्घाटन हलमा प्रदर्शनरत फिल्म 'गाउँ आएको बाटो' देखाउँदै सुरु भएको थियो । अमेरिकाको मेरिल्यान्डमा आयोजित यो फेस्टिभलमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले फेस्टिभलको उद्घाटन गरेकी थिइन् ।

यही कार्यक्रमका लागि नेपालबाट अभिनेता दयाहाङ राई र निर्देशक नवीन सुब्बा अमेरिका पुगेका थिए । यो फेस्टिभलमा मनेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म प्रदर्शन गरिएको आयोजक जनाउँछन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको यो फेस्टिभलका फिल्महरु एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा देखाइएका थिए भने थुप्रै विषयमा अन्तरक्रियात्मक छलफल पनि भए । महोत्सवमा सहभागी हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन् ।

नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा यस किसिमको फेस्टिभलले भूमिका खेल्ने फेस्टिभल आयोजक प्रमुख पूर्णसिंह बराइलीले बताउँछन् । 'यसले नेपाली सँस्कृति र नेपाली फिल्मको पहिचान अमेरिकन समाजमा स्थापित गर्छ । अमेरिकी समाजको समावेशी र विविधतामा पनि यसले महत्त्वपुर्ण भूमिका खेल्छ, त्यसैले यस किसिमको महोत्सवको महत्त्व देख्छु,'बराइलीले भने ।

प्रकाशित : असार १०, २०८१ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×