कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले हुण्डी कारोबारमा संलग्न एक भारतीयलाई ५ लाख ५० हजार नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजारका ३२ वर्षीय सिताराम प्रसाद कुशवाहा छन् ।

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो करिब डेढ बजेको समयमा जगरनाथपुर गाउँपालिका– ५ मसियानीस्थित सडकखण्डमा कुशवाहालाई नगदसहित पक्राउ गरेको थियो ।

मधेश प्रदेश ०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकलमा सवार कुशवाहालाई रोकी खानतलासी गर्दा उनले चलाइ ल्याएको मोटर साइकलको दाहिने कार्वोरेटर भित्र लुकाई छिपाई राखिएको स्रोत नखुलेको नेपाली १ हजार दरको नोट थान ५ सय थान, ५ सय नोट थान १ सय थान गरी कूल ५ लाख ५० हजार रुपैया बरामद भएको थियो ।

कुशवाहालाई नियन्त्रणमा लिई उनी निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपि दीपक भारतीले जानकारी दिए ।

प्रकाशित : असार १४, २०८१ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×