कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल–भारत सीमा समन्वय समिति बैठक : 'अपराध र तस्करी नियन्त्रण गर्न आपसी सहयोग र समन्वय गरिने'

शंकर आचार्य

पर्सा — नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठक शनिबार वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीको सभा हलमा सम्पन्न बैठकमा सीमापारका चुनौतीहरुको सामना गर्न आपसी सहयोग र समन्वय गर्ने विषयमा दुवै देशका अधिकारीहरुले छलफल गरेका थिए ।

नेपाल–भारत सीमा समन्वय समिति बैठक : 'अपराध र तस्करी नियन्त्रण गर्न आपसी सहयोग र समन्वय गरिने'

बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारी, पूर्व चम्पारण र पश्चिम चम्पारण जिल्लाका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।

बैठकमा सीमा सुरक्षा, नक्कली नोटको तस्करी नियन्त्रण, हातहतियार, लागूऔषध, मदिरा, सूर्ति तथा अन्य अवैध वस्तुको नियन्त्रणका विषयमा छलफल भएको थियो । बैठक पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र भारत बिहार पूर्वी चम्पारणका जिल्ला अधिकारी सौरभ जोरवालको संयुक्त अध्यक्षतामा भएको थियो । भेटमा दुवै जिल्ला अधिकारीले संयुक्तरुपमा वार्ता अत्यन्तै सौहार्दपूर्ण र सकारात्मक वातावरणमा भएको र यसले आगामी दिनमा सीमापार हुने गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न निकै मद्दत पुग्ने बताए ।

बैठकको प्रारम्भमा भारत बिहार पूर्वी चम्पारण जिल्ला अधिकारी सौरभ जोरवाल र पश्चिम चम्पारण जिल्ला अधिकारी दिनेशकुमार रायले भारतको २०२४ को लोकसभा निर्वाचनको अवसरमा नेपालबाट प्राप्त सहयोगका लागि नेपाली पक्षलाई धन्यवाद ज्ञापन गरेका थिए ।

बैठकमा पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, भारतको पूर्वी र पश्चिमी चम्पारणका जिल्ला अधिकारीहरु, नेपालका दुवै जिल्लाका प्रहरी उपरीक्षक, पश्चिम चम्पारणका जिल्ला मजिस्ट्रेट, भारत बगाहाका प्रहरी उपरीक्षक, भारतको मोतिहारी नगरपालिका आयुक्त, अतिरिक्त कलेक्टर, सदरमुकामका एसडीओलगायतका सहभागी थिए ।

प्रकाशित : असार १५, २०८१ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×