कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

इकोनोमी श्रेणीमा क्याथे विश्वकै उत्कृष्ट

काठमाडौँ — हङकङलाई काठमाडौंसंग जोड्दै आइरहेको क्याथे प्यासिफिकले इकोनोमी श्रेणीमा विश्वकै उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

इकोनोमी श्रेणीमा क्याथे विश्वकै उत्कृष्ट

उसलाई स्काईट्रयाक्सले यो पुस्कार प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘हामी विश्वकै उत्कृष्ट पाँचौँ वायुसेवामा समेत पुस्कृत भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ,‘साथै यो वायुसेवालाई स्काईट्रयाक्सले विश्वकै सफा वायुसेवामा पनि राखेको छ ।’

क्याथेका सीइओ रोनाल्ड लामले शिर्ष १० बाट यस वर्ष शीर्ष ५ मा पुगेको उपलब्धिले असाध्यै खुसी बनाएको प्रतिक्रिया दिएका छन् । अघिल्लो वर्षको दाजोमा क्याथे तीन स्थान माथि उक्लिएको छ ।

उनले यी उपलब्धिमै क्याथे नअडिने जनाउँदै ग्राहकको चाहाना अनुसार विश्वकै उत्कृष्ट वायुसेवाको सूचीका लागि अनवरत यात्रा जारी रहने बताएका छन् । क्याथेले निकट भविष्यमै बिजनेश श्रेणीमा रहने यात्रुहरुकालागि निशुल्क वाईफाई सुविधा पनि थालनी हुन लागेको जनाएको छ ।

बेलायतमा रहेको स्काईट्रयाक्सले जापान एयरलायन्सलाई उत्कृष्ट प्रिमियम इकोनोमी, कतारलाई उत्कृष्ट बिजनेश श्रेणी र सिंगापुर एयरलायन्सलाई उत्कृष्ट प्रथम श्रेणीमा पुस्कृत गरेको छ ।

प्रकाशित : असार १७, २०८१ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×