कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

कवि शर्मा र समाजसेवी अधिकारी पुरस्कृत

विराटनगर — सीता बालमुकुन्द पोख्रेल प्रतिष्ठान विराटनगरले साहित्यतर्फ कवि कुन्ता शर्मा र समाजसेवातर्फ श्यामकुमार अधिकारी (हिडपाली साइँलो) लाई पुरस्कृत गरेको छ। 

कवि शर्मा र समाजसेवी अधिकारी पुरस्कृत

विराटनगरमा एक समारोहबीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शर्मालाई 'सीता-बालमुकुन्द पोख्रेल साहित्य पुरस्कार' र अधिकारीलाई 'सीता-बालमुकुन्द पोख्रेल समाजसेवा पुरस्कार' प्रदान गरेका हुन्।

प्रतिष्ठानले यसै वर्ष स्थापना गरेको जनही २५ हजार २२५ राशिको नगद तथा सम्मान–पत्रसहितको पुरस्कार वितरण गर्दै मुख्यमन्त्री कार्कीले विराटनगरको सबभन्दा पुरानो पूर्वाञ्चल बालसेवा आश्रमका संस्थापक पोखरेलद्वयका नाममा पुरस्कार स्थापना हुनु समाजमा राम्रो उदाहरण भएको बताए ।

दशकौंदेखि सयौं अनाथ बालबालिकालाई शिक्षादीक्षा दिएर पोख्रेल दम्पतीले समाजलाई ठूलो गुन लगाएको उनको भनाइ थियो।लेखक तथा समालोचक राजकुमार बानियाँले साहित्यतर्फ पुरस्कृत शर्माबारे र ब्युटी श्रेष्ठले समाजसेवातर्फ पुरस्कृत अधिकारीको योगदानबारे चर्चा गरेका थिए। प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले पुरस्कारको राशि वर्षेनि वृद्धि गर्दै लगिने बताए।

प्रकाशित : असार १७, २०८१ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×