कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

खेलकुदमन्त्री श्रेष्ठ र कोरियाली मन्त्रीबीच भेटवार्ता

काठमाडौँ — कोरिया भ्रमणमा रहेका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सोमबार दक्षिण कोरियाको संस्कृति खेलकुद र पर्यटन मन्त्रालयकी द्वितीय उपमन्त्री जाङ मि-रानसँग भेटवार्ता गरेका छन् ।  

खेलकुदमन्त्री श्रेष्ठ र कोरियाली मन्त्रीबीच भेटवार्ता

भेटमा खेलकुदमन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए । उनले ट्रेनिङ सेन्टरका लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकता साथ अगाडि बढाउने बताए । उपमन्त्री मि–रानले उक्त सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन् ।

दक्षिण कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । दुई देशबीच सांस्कृतिक आदानप्रदानका विषयमा पनि छलफल भएको खेलकुद मन्त्रालयले जनाएको छ ।

युवाका लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ । मि-रान ओलम्पिककी स्वर्णपदक विजेता र चार पटककी विश्व विजेता भारोत्तोलक हुन् ।

कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले मंगलबार कोरियाली स्पोर्ट्स एन्ड ओलम्पिक कमिटीका अध्यक्ष ली–की हुङ र वर्ल्ड तेक्वान्दो फेडेरेसनका अध्यक्ष चुङवोङ चावोसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित : असार १७, २०८१ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×