कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

हवाई टिकटका लागि इसेभेनस्टार संचालनमा  

काठमाडौँ — पर्यटन क्षेत्रमा एक दशकदेखि सेवा उपलब्ध गराउँदै आएको सेभेनस्टार इन्टरनेशनल ट्राभल एण्ड टुर्सले हवाई टिकेटिङ सेवाका लागि अत्याधुनिक डिजिटल प्लेटफर्म इसेभेनस्टार संचालनमा ल्याएको छ ।

हवाई टिकटका लागि इसेभेनस्टार संचालनमा  

कम्पनी विज्ञप्तिमार्फत डिजिटल प्लेटफर्म इसेभेनस्टार बिहीबारदेखि शूरु गरेको जनाएको छ । ‘हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका छौं', कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोलाले भने, ‘यस सँगै हाम्रो पहुँच विश्वभरको बजार र विश्व भर छरिएर रहेका उपभोक्तामा पुगेको छ ।’

उनले सेवा २४ सै घण्टा खुला रहने जनाउँदै डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा घरैमा बसेर खरिद गर्न सक्ने बताए ।

अनलाईनमार्फत खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ् वालेटहरू, ईसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आईपिएस लगायतका भुक्तानी सेवा प्रदायक बाट सोझै गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : असार १७, २०८१ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×