कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खेत जोतिरहेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु 

सर्लाही — सर्लाहीको हरिवनमा आइतबार मध्यान्ह खेत जोतिरहेको ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ ।

खेत जोतिरहेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु 

हरिवन नगरपालिका–१, पटौनामा धान रोपाइँका लागि खेत जोत्दै गरेको ज १ त ५७५७ नं. को ट्र्याक्टर आफैँ अनियन्त्रित भइ पल्टँदा चालक हरिवन नगरपालिका–२, अत्रौलीका ५० वर्षीय सहदेव राउतको मृत्यु भएको हो ।

खेतको आली चढाउने क्रममा ट्र्याक्टर पल्टँदा चालक राउतको रोटाभेटरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

प्रकाशित : असार १६, २०८१ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×