कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपालका कुटनीतिज्ञ पराजुलीलाई ‘राल्फ फेल्थम’ अवार्ड

काठमाडौँ — नेपालका सुवांग पराजुलीले कूटनीतिक अध्ययन कार्यक्रमको तर्फबाट सन् २०२४ राल्फ फेल्थम अवार्ड प्राप्त गरेका छन् ।

नेपालका कुटनीतिज्ञ पराजुलीलाई ‘राल्फ फेल्थम’ अवार्ड

अक्सफोर्ड विश्वविद्यालय अन्तरगतको केल्लोगका विद्यार्थी पराजुलीलाई दिएको उक्त पुरस्कार बेलायतको विदेश सेवा कार्यक्रमका संस्थापक निर्देशक (कूटनीतिक अध्ययन कार्यक्रमको अग्रदूत) राल्फ फेल्थमको सम्मानमा हरेक वर्ष दिइदै आएको छ । यो वर्षको शैक्षिक सत्रको अवधिमा कूटनीतिक भावनालाई उत्कृष्ट रूपमा पालना गरेको भन्दै उक्त पुरस्कार दिइएको हो ।

नेपालको परराष्ट्र मन्त्रालयका उपसचिव पराजुली हाल बेलायतमा चेभेनिङ छात्रवृत्ति पाएर ‘डिप्लोमेटिक स्टडिज’ विषयमा अक्सफोर्डमा मास्टर गरिरहेका छन् ।

उनले कूटनीतिक अभ्यास, सार्वजनिक अन्तर्राष्ट्रिय कानून, अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय व्यापार र वित्तको अध्ययन गरेका गरिरहेका छन् । उनले सभ्यतावादी राज्यहरूको प्रतिष्ठा प्रेरणाको बारेमा अनुसन्धान गरिरहेका छन् ।

अवार्ड पाएपछि कुटनीतिज्ञ पराजुलीले अक्सफोर्डमा आफ्नो सिकाइ र समयलाई समृद्ध बनाउनेहरूलाई धन्यवाद दिएका छन् । उनले उक्त अवार्ड पाउँदा सम्मानित महसुस गरेको उल्लेख गरे ।

प्रकाशित : असार १६, २०८१ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×