कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रदेश सरकारको सहयोगबिना स्थानीय तहको विकास असम्भव : मुख्यमन्त्री सिंह

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट सञ्चालन गर्न प्रदेश सरकार सचेत रहेको बताएका छन् । 'प्रदेशमा कृषि र पर्यटन पर्याप्त सम्भावना रहेको तर बजेट अभावमा सञ्चालन हुन सकेको छैन,' उनले भने ।

प्रदेश सरकारको सहयोगबिना स्थानीय तहको विकास असम्भव : मुख्यमन्त्री सिंह

महोत्तरी चेम्बर अफ कमर्सले बर्दीबासमा आयोजना गरेको सम्मान तथा नागरिक सुलभ स्वास्थ्य अभियान सुरु गर्दै मुख्यमन्त्री सिंहले अभिभावक नभएका बालबालिकाको लालनपालन गर्न प्रदेश सरकार गम्भीर रहेको बताए । बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले कृषिको उर्वरभूमि मधेशमा कृषिको कुनै योजना प्रभावकारी बन्न नसकेको बताए ।

तीन तहको सरकारले बजेट खर्च गरे पनि किसान लाभान्वित नभएकोले मधेशको कृषि उत्पादन बढाउने योजना ल्याउन मुख्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारको सहयोगबिना स्थानीय तहको विकास असम्भव रहेको उनेको भनाइ छ ।

प्रदेशको मन्त्री हुने स्थानीय तहमा बजेटको आधी आए पनि छिमेकी स्थानीय तहमा प्रदेशको बजेट शून्य हुने अवस्था सुधार्न नगर प्रमुख क्षेत्रीले मुख्यमन्त्रीसँग आग्रह गरे । कुष्ठरोग पीडित परिवारका बालिकाहरुसँग मुख्यमन्त्रीलाई महोत्तरी चेम्बर अफ कमर्श भेटघाट गराएका थिए । धनुषाको लालगढस्थित कुष्ठरोग अस्पतालमा बस्दै आएका बालबालिकाहरुलाई सहयोग गर्दै आएको महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधीर अग्रवालले बताए ।

प्रकाशित : असार १५, २०८१ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×