कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'नयाँ मिडियाका प्लेटफर्महरू व्यवस्थापनसम्बन्धी कानुनी अड्चन हटाउनुपर्छ'

काठमाडौँ — सञ्चार माध्यमले पाठकमाझ प्रभावकारी उपस्थिति जनाउन नयाँ मिडियाका प्लेटफर्महरू प्रयोग गर्ने र त्यस्ता प्लेटफर्महरूको व्यवस्थापनसम्बन्धी कानुनी अड्चनहरू हटाउनुपर्नेमा सरोकारवालाहरूले बताएका छन् ।

'नयाँ मिडियाका प्लेटफर्महरू व्यवस्थापनसम्बन्धी कानुनी अड्चन हटाउनुपर्छ'

सञ्चार माध्यमहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरू र त्यसमार्फत् सम्प्रेषण हुने सूचना समाचारहरु पत्रकारिताका मुल्य मान्यता अनुकूल हुनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहले आइतबार काठमाडौंमा आयोजना गरेको न्यूमिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तर्क्रिया तथा प्यानल छलफलमा पत्रकारहरूले अहिलेको प्रविधिअनुसार सञ्चार माध्यमहरूले आफूलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबसहितका सामाजिक सञ्जाल न्यु मिडियाको व्यवस्थापनका लागि तत्काल कानुनी अड्चन हटाउनुपर्ने र त्यसका लागि काउन्सिल तयार बताए । ‘अहिले नै कानुन ल्याउन सकिँदैन भने प्रेस काउन्सिलका केही दफा फेरौँ र व्यवस्थापन गरौँ, हामी त्यसका लागि सक्षम र तयार छौँ । राज्यले नीति बनाउन र कानुन ल्याउन ढिलाई गर्नुहुँदैन’ उनले भने ।

बस्नेतले सञ्चार माध्यमका रूपमा सञ्चालन हुने जुनसुकै प्लेटफर्म र जुनसुकै माध्यमबाट पत्रकारिता कर्म गर्नेहरू पहिलो नियामक निकाय काउन्सिल नै भएको बताए ।

कार्यक्रममा बोल्दै पत्रकार बबिता बस्नेतले नेपालमा सञ्चार माध्यमको विश्वसनीयता र आमधारणाबारे सर्भेक्षण गर्नुपर्ने आवश्यकता परेको बताइन् ।

पत्रकार निर्मला शर्माले विगतमा सञ्चार माध्यममा आफ्ना विषयवस्तु वा विचार समस्यासमेत राख्न स्थान नपाउने जोकोही अहिले आफैँ मिडिया सञ्चालक बन्ने वातावरण न्यू मिडियाले बनाएको बताइन् ।

पत्रकार अखण्ड भण्डारीले परम्परागत माध्यमको पत्रकारितालाई नयाँ मिडियाले बाटो देखाउने र बचाउने काम गरेको बताए । उनले न्यू मिडियासँगै अगाडि बढ्न नसक्दा छापा पत्रकारितामा चुनौती देखिएको प्रष्ट पार्दै आफ्नो विषयवस्तु सम्प्रेषणका छापा माध्यमले न्यू मिडियालाई अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्ने उल्लेख गरे । कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘न्यू मिडिया र पत्रकार महिला’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

प्यानल छलफलमा काउन्सिलका अध्यक्ष, बस्नेत, अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी, नारी मासिकका सम्पादक उपासना घिमिरे, नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष अनिता बिन्दुले छलफल गरेका थिए ।


प्रकाशित : असार १६, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×