कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बिजुली बजारमा फल्चा बिसौनी

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुलपारि फल्चा शैलीको बस बिसौनी सञ्चालन गरेको छ । महानगरले अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी सञ्चालनमा ल्याएको हो ।

बिजुली बजारमा फल्चा बिसौनी

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शनिबार एक कार्यक्रमकाबीच फल्चाको उद्घाटन गरेसँगै बस बिसौनी सञ्चालनमा आएको हो ।

उपप्रमुख डंगोलले काठमाडौंको पहिचान मुख्य सडकबाट हुने भएकाले नेवा शैलीका स्मारक निर्माण बनाइएको बताइन् । ‘यी संरचनाहरू काठमाडौको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौंको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ,’ उनले भनिन् ।

महानगरले यसअघि जेठ १ गतेदेखि सडकको अर्को किनारमा फल्चा सञ्चालनमा ल्याइसकेको छ । यी दुई फल्चा निर्माण गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको वडा नम्बर १० का सदस्य एवं निर्माण संयोजक सतीश तण्डुकारले बताए ।

यसैगरी सोही वडा अध्यक्ष रामकुमार केसीले कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको जानकारी दिए । यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि दुई वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले बताए ।

प्रकाशित : असार १६, २०८१ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×