कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

डेंगी फैलन नदिन काठमाडौं महानगरको पूर्वतयारी सुरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाले डेंगी रोगको प्रकोप फैलन नदिन पूर्वतयारीस्वरुप अभियान सुरु गरेको छ । यही असार ९ गतेदेखि महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । डेंगी रोगको रोकथामका लागि अहिलेदेखि नै आवश्यक पूर्वतयारी सुरु गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

डेंगी फैलन नदिन काठमाडौं महानगरको पूर्वतयारी सुरु

‘अहिले खतराजन्य अवस्था नभए पनि डेंगीको प्रकोप फैलन नदिन रोकथामका लागि पूर्वतयारीहरू गरिरहेका छौं,’ उनले भने, ‘प्रत्येक वडाबाट स्वास्थ्य स्वयंसेविका परिचालन गरी डेंगीजन्य चिजहरू नष्ट गर्ने अभियान सुरु गरेका छौं ।’ अहिले डेंगी रोगको खतरा अवस्था नभए पनि जोखिम अगाडि नै तयारी पूरा गरिएको उनले बताए ।

असार ९ गतेदेखि सुरु भएको यो अभियानलाई महानगरले आफ्ना सबै वडाहरूमा सञ्चालन गरिरहेको छ । डेंगी रोगको उपचारका महानगरले आफ्ना स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा आवश्यक औषधि सिटामोल र जीवन जललगायत औषधि उपलब्ध गराइसकेको छ ।

यसका साथै डेंगी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा रहेको महानगरले जनाएको छ । महानगरले अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको छ । महानगरले यस अभियानका लागि ६४ जना स्वास्थ्यकर्मी र ५ सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।

प्रकाशित : असार १३, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×