कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहाना स्मृति यू–१९ भलिबल : वाग्मती र गण्डकी च्याम्पियन

काठमाडौँ — प्रथम सहाना प्रधान स्मृति यू–१९ भलिबल प्रतियोगिताकमा वाग्मती र गण्डकी प्रदेशले उपाधि जितेका छन् ।

सहाना स्मृति यू–१९ भलिबल : वाग्मती र गण्डकी च्याम्पियन

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगितामा वाग्मती गर्ल्स र गण्डकी ब्वाइजतर्फ च्याम्पियन भएको हो ।

फाइनलमा वाग्मतीले लुम्बिनी प्रदेशलाई सोझो सेटमा २५–२१, २५–१६, २५–१८ ले पराजित गरेको थियो । वाग्मतीकी अञ्जली प्रधान प्लेयर अफ द म्याच भइन् ।

गण्डकी प्रदेशले कोशीविरुद्ध ३–१ सेटमा जित पाउँदै तेस्रो स्थान हात पार्‍यो । गण्डकीकी रिक्जना बोटे प्लेयर अफ द म्याच भइन् ।

ब्वाइजतर्फ फाइनलमा गण्डकी ले लुम्बिनीलाई ३–१ सेटमा हराएर उपाधि जित्यो । गण्डकीले २५–१५, २०–२५, २५–२०, २८–२० को संघर्षपूर्ण सेटमा जित पायो । गण्डकीका जितबहादुर सार्की प्लेयर अफ द म्याच भए ।

सुदूरपश्चिमले वाग्मतीलाई २५–१९, २५–२३, २५–२० को सेटमा हराएर तेस्रो स्थान हासिल गर्दा अशोक राना प्लेयर अफ द म्याच भए ।

सहाना प्रधान फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा गर्ल्समा वाग्मतीकी जेनिशा विश्वकर्मा र ब्वाइजमा गण्डकीका विश्वास अधिकारी सर्वोत्कृष्ट खेलाडी भए । विधागततर्फ लिबेरोमा वाग्मतीकी अञ्जिता प्रधान, सेटरमा वाग्मतीकी भावना तामाङ, सर्भरमा गण्डकीकी एस थापा, ब्लकरमा लुम्बिनीकी निशा चौधरी र स्पाइकरमा वाग्मतीकी सलिना बुढामगर उत्कृष्ट भएका छन् ।

ब्वाइजतर्फ गण्डकीका जितबहादुर सार्की लिवेरो र सूर्य बिक सर्भर, लुम्बिनीका दिपेश कुँवर सेटर र सागर रसाइली स्पाइकर तथा सुदूरपश्चिमका अर्जुन नेपाली ब्लकरमा उत्कृष्ट भएका थिए ।

दुवैतर्फका विजेताले समान ३ लाख, दोस्रोले २ लाख र तेस्रोले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । यू–१९ भलिबलमा यो सर्वाधिक नगद पुरस्कार राशि हो । सर्वोत्कृष्ट हुनेले २५ हजार तथा विधागत उत्कृष्टले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका थिए ।

सिजी फुड्सको वाइवाइको प्रायोजनामा भएको प्रतियोगिताको कान्तिपुर टेलिभिजनको म्याक्स च्यानलबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

प्रकाशित : असार १६, २०८१ ०५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×