कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४६

स्लोभेनियामाथि पोर्चुगल टाइब्रेकरमा विजयी

डिएगो कोस्टाले बचाए स्लोभेनियाका ३ प्रहार

काठमाडौँ — पोर्चुगलले युरो २०२४ मा सोमबार स्लोभेनियालाई नाटकीय रूपमा टाइब्रेकरमा पराजित गर्दै क्वार्टरफाइनल याक्रा तय गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा पोर्चुगल ३–० ले विजयी रह्यो । 

स्लोभेनियामाथि पोर्चुगल टाइब्रेकरमा विजयी

क्रिस्टियानो रोनाल्डोले अतिरित्त समयमा पेनाल्टीबाट गोल गर्न चुकेका थिए । तर टाइब्रेकरमा भने उनी गोल गर्न सफल रहे ।

पोर्चुगलको यस जितका नायक गोलरक्षक डिएगो कोस्टा रहे । उनले तीनै पेनाल्टी गोल हुन दिएनन् र पोर्चुगलका लागि बर्नार्डो सिल्भाले निर्णायक गोल गरे । अब शुक्रबार हुने अन्तिम आठको खेलमा पोर्चुगलले फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित : असार १८, २०८१ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×