कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो २०२४ : जर्मनी अन्तिम आठमा, इटाली बाहिरियो

काठमाडौँ — आयोजक जर्मनीले शनिबार युरो २०२४ को अन्तिम आठको यात्रा तय गरेको छ । तर डिफेन्डिङ च्याम्पियन इटाली भने भाग्यमानी रहेन र प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ । जर्मनीले डर्टमन्डमा भएको खेलमा डेनमार्कको चुनौती २–० ले समाप्त पारेको हो ।

युरो २०२४ : जर्मनी अन्तिम आठमा, इटाली बाहिरियो

काइ हाभर्टेजले पेनाल्टीबाट ५३ औं मिनेटमा पहिलो गोल गरेपछि जमल मुसियालाले ६८ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको अन्त्यतिर आँधीले गर्दा खेल २० मिनेट भन्दा बढी रोकिएको थियो । त्यसक्रममा मैदानमा पानी जम्मा हुने गरेर वर्षा पनि भएको थियो । यो जितपछि जर्मनीले उपाधिमा प्रस्तुत गरेको आफ्नो दाबेदारी अझ बलियो बनेको छ ।

अर्को खेलमा भने स्विजरल्यान्डले इटालीलाई २–० ले स्तब्ध पारेको छ । प्रभावशाली खेल प्रदर्शन गर्ने क्रममा स्विस टिमका लागि रेमो फ्रेउलरले ३७ औं मिनेटमा गोलको खाता खोले । पहिलो हाफ सुरु भएलगत्तै रुबेन भारगासले दोस्रो गोल थपे । लिग चरणमा प्रभावशाली खेल प्रदर्शन गर्न असफल इटालीले यस हारपछि प्रतियोगिताबाट नमिठो बिदाइ लिएको छ ।

प्रकाशित : असार १६, २०८१ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×