कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौँ — प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–४ बस्ने टसी तामाङ छन् । 

सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ

गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाको २०७० मंसिर १७ गतेको फैसलाले ५ वर्ष कैद सजाय र ६२ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका तामाङलाई शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वरबाट नगरपालिका–४ स्थित बसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०८१ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×