कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नाम चलेका खेलाडी चम्कनै सकेनन्

एएफपी

बर्लिन — रोमाञ्चक खेल र समर्थकको उत्साहबर्द्धक सहभागिताका कारण युरो च्याम्पियनसिप रोमाञ्चक रहेको छ । तर, युरोपेली फुटबलका सबैभन्दा ठूला केही नाम भने यस प्रतियोगितामा चम्किन नै सकेका छैनन् । यसको एउटा ठूलो कारण चोट हुनसक्छ । भाग्यले साथ नदिएको पनि हुनसक्छ । 

नाम चलेका खेलाडी चम्कनै सकेनन्

सारमा केभन्दा लिग चरणमा ठूला केही नामका खेलाडीले आफ्नो प्रतिष्ठाअनुसार खेल्नै सकेनन् । पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो नै भनौं उनी छैटौं युरो खेल्दै कीर्तिमान बनाइरहेका छन् । तर यसपल्ट उनले खेलेका तीन खेलमा कुनै गोल गर्न सकेका छैनन् । यदि गोल गरेको भए ३९ वर्षीय रोनाल्डो युरो इतिहासमै सबैभन्दा पाको उमेरमा गोल गर्ने खेलाडी हुन्थे ।

सम्भवतः अहिले तत्काल लागि विश्व फुटबलका सबैभन्दा राम्रा खेलाडी केलियन एमबाप्पेले फ्रान्सका लागि पोल्यान्डविरुद्ध पेनाल्टीमा एक गोल गरेका छन् । तर यो खेल बराबरीमा टुंगियो । फ्रान्स समूहको उपविजेतामै सीमित भएर अगाडि बढ्यो । युरोमा यो एमबाप्पेको पहिलो गोल रह्यो । उनलाई अस्ट्रियाविरुद्धको खेलमा नाकमा चोट लागेको थियो । यसै कारण उनको खेल प्रभावित बनिरहेको छ ।

फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प भन्छन्, ‘उनी (एमबाप्पे) खेल्न लागि भोका छन्, उनको उपस्थितिले फ्रान्सलाई फाइदा नै हुन्छ ।’ बेल्जियमविरुद्धको अन्तिम १६ को खेलमा उनी लयमा फर्कने फ्रान्सको विश्वास छ । पोल्यान्डका रोबर्ट लेवान्डोस्की त अब प्रतियोगिताका बाँकी खेलमा देखिने छैनन् ।

उनको टिम प्रतियोगिता बाहिरिइसकेको छ । नेदरल्यान्ड्सविरुद्धको खेलमा भने उनले एक गोल गरे । तर, यसअघिका खेलमा चोटका कारण राम्रो उपस्थिति नै जनाउन सकेनन् । इंग्ल्यान्डका दुई प्रमुख खेलाडी जुड वेलिङ्घम र ह्यारी केनले सुरुमै सर्बियाविरुद्ध गोल त गरे । त्यसपछि उनीहरू दुवैले राम्रो गर्न सकेका छैनन् ।

इंग्लिस प्रशिक्षक गारेथ साउथगेट भन्छन्, ‘कोही पनि एक खेलाडी सबै खेलमा चम्कन सक्ने हुन्न ।’ फ्रान्सका एन्टोनी ग्रिजमन र इंग्ल्यान्डका फिल फोडेनले क्लब फुटबलमा राम्रो गरेका छन्, तर त्यस्तै प्रदर्शन आफ्नो देशका लागि गर्न सकेका छैनन् । बेल्जियमका लागि सबैभन्दा बढीको गोल कीर्तिमान आफ्नो नाममा रोखेका रोमेलु लुकाकुले जर्मनीमा एउटै गोल गर्न सकेका छैनन् ।

प्रकाशित : असार १४, २०८१ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×