कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नेपाल पेचिलो परिस्थितिमा छ : महासचिव चन्द

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । काठमाडौंमा आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको बताएका हुन् ।

नेपाल पेचिलो परिस्थितिमा छ : महासचिव चन्द

उनले नेपाल सुन्दर र स्रोत साधनले पूर्ण रहेकाले सबैको आँखा नेपालमा रहेको बताए ।

उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । उनले नेपालमा रहेको स्रोत साधनलाई कब्जा गर्ने होडबाजी चलिरहेको बताए । ‘नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधिनता आजको विश्वको ध्रुविकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्नेकुरा यहाँहरु सबैलाई थाहा छ,' उनले भने, 'हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै स्रोत सधानले सम्पन्न पनि छ । सुन्दरता र स्रोत साधानले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्वहरुको आँखा नेपालमा परिरहेको छ । यसको स्रोत, साधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढंगले चलिरहेको छ ।'

नेपालका श्रमिक जनताका चाहनाहरु अधूरै रहेको पनि उनको भनाइ थियो । महासचिव चन्दले नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको बताए ।

प्रकाशित : असार १६, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×