कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

माओवादी र नेकपा एसलाई एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

माओवादी र नेकपा एसलाई एउटै पार्टी बनाउने प्रयासमा छौं : प्रधानमन्त्री दाहाल

'एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,' प्रधानमन्त्री दाहालले भने, 'यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।'

उनले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे । उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए । 'नेपाल संविधन सभामा गयो, गणतन्त्रमा गयो समृद्धिमा गयो । प्रचण्ड अस्थिर नभएको भए यस्तो हुने थिएन । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैनथ्यो । शान्ति सम्झौता पनि हुने थिएन,' प्रधानमन्त्री दाहालले भने, 'गतिशीलता भनेको के हो ? किलो जस्तो एक ठाउँमा बसिराख्नु मार्क्सवाद हो कि ? पानीको पोखरी जस्तो मार्क्सवाद हो ? कि गडगडाउँदो नदीजस्तो मार्क्सवाद हो ? तपाईंहरुले यो कुरा विचार गर्नुपर्छ । मार्क्सवाद एउटा किलो जस्तो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्नु मार्क्सवाद हो ।'

उनले मञ्चमा रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई देखाउँदै माओवादीहरू एक ठाउँमा नबस्ने बताए । 'माओवादीका साथीहरू हामी एक ठाउँमा बस्ने भन्ने हुँदैन । हामी दौडिरहन्छौं । तर यो सही थियो वा गलत थियो भन्ने मूल्यांकन कसरी गर्ने ? देश सामान्ती व्यवस्थाबाट गणतन्त्रमा गयो भने त्यो गतिशिलता हो अस्थिरता होइन । यदि युद्धबाट देश शान्तिमा आयो भने त्यो अस्थिरता होइन । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र आयो भने त्यो गतिशिलता हो, अस्थिरता होइन । जे गतिशील हो, जे द्वन्द्वात्मक भौतिकवाद हो त्यसलाई अस्थिरताको आरोप लगाउनुभयो भने तपाईंहरू जडतामा फस्ने खतरा हुन्छ कि भन्ने चिन्ता व्यक्त गर्न चाहन्छु,' प्रधानमन्त्री दाहालले भने, 'जसलाई सम्मान गर्नुपर्ने हो त्यसलाई अपमान गरियो भने त राम्रो कुरा हुँदैन नि ! बहस गर्नुहोला ।'

प्रकाशित : असार १६, २०८१ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×