कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संविधानलाई अझै समृद्ध बनाउन जरुरी : अध्यक्ष राई

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको बताएका छन् ।

संविधानलाई अझै समृद्ध बनाउन जरुरी : अध्यक्ष राई

काठमाडौंमा आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक रहेको बताए ।

धेरै मिहिनेत, त्याग, तपस्याबाट र हजारौं हजार शहीदहरुको बलिदानबाट यो व्यवस्था आएको भन्दै यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ लम्किनुपर्ने बताए ।

‘हामीले धेरै मिहिनेत गरेर यो परिवर्तन ल्याएका छौं । म पनि नेपाली राजनीतिको संघर्षशील क्षणको एउटा बिन्दुबाट यहाँ बस्नुभएका वरिष्ठ नेताहरुको पछिपछि आन्दोलनमा सरिक भएको मान्छे हुँ । धेरै मिहिनेत, त्याग, तपस्याबाट र हजारौं हजार शहीदहरुको बलिदानबाट यो परिवर्तन आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र । संविधानलाई अझै हामीले समृद्ध बनाउनु छ । खार्नु छ । पहिचानयुक्त बनाउनु छ । संघीयतालाई अझै सुदृढ गर्नुछ । लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ हामी लम्किनु छ,’ उनले भने ।

अध्यक्ष राईले शहीदहरुको बलिदानबाट प्राप्त व्यवस्थालाई कुनै चोट लाग्न दिन नहुने बताए ।

प्रकाशित : असार १६, २०८१ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×