कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘दोलखामा खेलकुद’बाट संकलित रकम कोषमा

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र वाग्मती प्रदेशकी पूर्वमन्त्री सरस्वती बस्नेतले दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।

‘दोलखामा खेलकुद’बाट संकलित रकम कोषमा

सदस्य–सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुदबारे बुझ्न सहज हुने धारणा राखे । आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी दुई पुस्तक प्रकाशनको तयारी भइरहेको जानकारी गराए ।

पूर्वमन्त्री बस्नेतले व्यक्तिसँगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् । लेखक विकास तामाङ मोक्तानले पुस्तक बिक्रीबाट संकलित रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गरिने बताए ।


प्रकाशित : असार १६, २०८१ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×