कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा : सभापति लामिछाने

काठमाडौँ — उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताएका छन् । 

जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा : सभापति लामिछाने

काठमाडौंमा आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुक अप्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताए । मुलुक अप्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको उनले जिकिर गरे ।

उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको उल्लेख गरे । उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्ने कुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए ।

‘जब आमजनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । अलग-अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन,' उनले भने ।

उनले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए ।

प्रकाशित : असार १६, २०८१ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×