कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तेक्वान्दोका नवीनले लिए सातौं डान

काठमाडौँ — तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले सातौं डान पाएका छन् । दक्षिण कोरियामा सम्पन्न ग्रेडिङमा उत्तीर्ण भएका थिए ।

तेक्वान्दोका नवीनले लिए सातौं डान

उनले दक्षिण कोरियामै सन् २०२३ को जुलाई ५ देखि ११ मा भएको सेकेन्ड क्लास इन्टरनेसनल मास्टर्स कोर्स र जुलाई ११ देखि १४ सम्म भएको सेकेन्ड क्लास तेक्वान्दो पुम/डान प्रमोसन एक्जामिनर कोर्स पनि उत्तीर्ण गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले आइतबार श्रेष्ठलाई तीनै कोर्सको प्रमाणपत्र हस्तान्तरण गरे ।

श्रेष्ठले भियतनाममा भएको २३ औं एसियाली तेक्वान्दो/पाँचौं तेक्वान्दो पुम्से च्याम्पियनसिप/चौथो एसियाली पारा खुला तेक्वान्दो, इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुद, बेलायतमा भएको म्यानचेस्टर २०१९ विश्व तेक्वान्दो, जोर्डनमा भएको अम्मान एसियाली तेक्वान्दो, पाकिस्तानमा भएको पाकिस्तान ओपन तेक्वान्दो जी–२ लगायत १५ बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रकाशित : असार १६, २०८१ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×