कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

काठमाडौँ — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को  राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले  कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए।

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको बताए । उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए ।

उनले भने, ‘अहिले वास्तवमा भन्ने हो भने मुलुक जटिल अवस्थामा छ । जुन अहिले संघीय, लोकतान्त्रिक गणतन्त्र ठूलो दुर्घटनाबाट जोगाएका छौँ । यसमा कमरेड माधवजी र यहाँको पार्टी पछि निर्माण हुँदै गएको हो, त्यो बेलामँ ठूलो योगदान छ । जुन बेला संसद्लाई असंवैधानिक तरिकाले दुई-दुई पटक भंग गरेर मुलुकलाई स्वेच्छारी शासनतर्फ धकेलिँदै गरिएको थियो । त्यो बेलामा लोकतन्त्र रक्षा गर्न, प्राप्त अधिकार जोगाउन, प्राप्त उपलब्धि संस्थागत गर्न आवश्यक थियो । त्यो आवश्यक परेको बेलामा यहाँहरुले बिद्रोह गर्नुभयो । र आज संघीय गणतन्त्रको रक्षा भयो । यो ऐतिहासिक आवश्यकता थियो ।’

अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको बताए । उनले अहिले लोकतन्त्रको खतराहरु राजनीतिक दलहरु भित्रबाट नै आइरहेको बताए ।

प्रकाशित : असार १६, २०८१ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×