कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

वैदेशिक रोजगारीबाट फर्किएका आठ उद्यमी पुरस्कृत

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर उद्यम गर्ने आठ जनालाई पुरस्कृत गरेको छ । झापाका चन्द्रप्रसाद बस्नेतले उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारबापत एक लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएका आठ उद्यमी पुरस्कृत

मन्त्रालयले गुल्मीका रविलाल पन्थ, झापाका मोहनप्रसाद संग्रौला, जुम्लाका टक्कबहादुर नेपाली, कन्चनपुरका चन्द्रसिंह थापा, नुवाकोटका अर्जुन परियार, म्याग्दीका भूपेन्द्र शर्मा र बाराका हिराबहादुर थापालाई राष्ट्रिय उद्यमी पुरस्कार दिइएको छ । उनीहरुलाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।

वैदेशिक रोजगारीबाट फर्केका युवालाई मुलुकमा नै रोजगारीका अवसरहरु सृजना गर्न प्रेरित गर्नका लागि मन्त्रालयले प्रत्येक वर्ष वैदेशिक रोजगारबाट फर्की नेपालमा उद्यम गरेका उद्यमीहरुलाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो ।

उद्यमीलाई सम्मान गर्दै श्रममन्त्री अर्यालले एक पटक वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता भएको बताए । ‘एक पटक विदेश गएर सिकेका ज्ञान र सीपलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्नुपर्छ । यसका लागि सहुलियत कर्जालाई सहज र व्यवस्थित बनाउनु पर्नेछ,’ उनले भने ।

प्रकाशित : असार १६, २०८१ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×