कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने नीतिका एक्ली

अर्जुन शाह

धनगढी — कैलालीको गोदावरी नगरपालिका–४ वसन्तपुरकी नीतिका अवस्थी सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने एक्लो विद्यार्थी भएकी छिन् । शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार नीतिका गोदावरीस्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएकी थिइन् ।  

सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउने नीतिका एक्ली

विद्यालय, जिल्ला र प्रदेशस्तरीय निबन्ध, वक्तृत्वकला, कवितालगायतका प्रतियोगितामा समेत उत्कृष्ट नतिजा प्राप्त गर्दै आएकी विद्यार्थी हुन् नीतिका । नीतिका बुवा टेकराज अवस्थी स्थानीय चण्डेश्वरी विद्यालयका शिक्षक हुन् । शिक्षक अवस्थीका अनुसार नीतिका सानैदेखि नै पढाइमा मेधावी थिइन् ।

निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टका अनुसार सुदूरपश्चिमका निजी विद्यालयबाट अन्य ३ जनाले पनि ४ जीपीए ल्याएका छन् । निर्देशनालयका अनुसार ७०६ जनाले ‘ए प्लस’, २ हजार ८२२ जनाले ‘ए’, ५ हजार ६०८ जनाले ‘बी प्लस’, ४ हजार ८२८ जनाले ‘बी’ र ५६७ जनाले ‘सी प्लस’ नजिता ल्याएका छन् ।

सुदूरपश्चिमबाट ५५ हजार १० जना परीक्षार्थी एसईईमा सहमागी रहेकोमा बझाङको नजिता प्राप्त भइनसकेको निर्देशक विष्टले बताए । प्राप्त नजिताअनुसार ३३ हजार ७४६ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।


प्रकाशित : असार १४, २०८१ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×