कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२० सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

काठमाडौँ — सरकारले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीको कागजात झिकाउने संसदीय छानबिन विशेष समितिले निर्णय गरेको छ । आइतबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठकले उक्त निर्णय गरेको हो । 

२० सहकारीका कागजात झिकाउने संसदीय छानबिन विशेष समितिको निर्णय

समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर 'समस्याग्रस्त व्यवस्थापन समिति' अन्तर्गत रहेका २० वटा सहकारीका आवश्यक कागजात झिकाउनका लागि पत्राचार गर्ने निर्णय गरेको हो । समस्याग्रस्त सहकारीहरूका कागजात सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएपनि अन्य धेरै विवरण, जानकारी र तथ्यहरु आवश्यक पर्ने भएकाले सो निर्णय गरिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

‘आजको बैठकले खासगरी समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति अन्तर्गत रहेका २० वटा सहकारीका कागजात, तिनका आवश्यक सबै कागजात माग्नका लागि पत्राचार गर्ने निर्णय भएको छ । ९ वटा विवादित रहेको भनिएका सहकारीहरूको कागजात माग्ने निर्णय योभन्दा अगाडिको छैठौँ बैठकबाट गरेका छौँ,' सभापति थापाले भने, 'समस्याग्रस्त सहकारीका सन्दर्भमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका तर्फबाट प्राप्त भएको छ । तर, अरु धेरै विवरण, जानकारी, तथ्यहरू आवश्यक पर्ने देखिएपछि हामीले आजको बैठकबाट यो निर्णय गरेका हौँ ।’

समितिको आइतबारको बैठकमा २०४७ सालमा सहकारी अध्ययन गर्न गठित कार्यदलका संयोजक राधाकृष्ण मैनाली, ०६१/०६२ मा सहकारी अधययनका लागि गठित कार्यदलका संयोजक युवराज खतिवडा र २०७० सालमा समस्याग्रस्त सहकारीको सम्बन्धमा जाँचबुझ गर्न गठित आयोगका संयोजक गौरीबहादुर कार्कीसँग छलफल भएको थियो ।

प्रकाशित : असार १६, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×