कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बुटवलका किसानलाई अनुदानमा पाडी वितरण

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिकाले दुग्ध प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई पाडी वितरण गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार किसानलाई ५० प्रतिशत अनुदानमा भैंसीका पाडी वितरण सुरु गरेको हो ।

बुटवलका किसानलाई अनुदानमा पाडी वितरण

जसअनुसार आइतबार बुटवल १२, १५ र १६ मा ३३ वटा पाडी वितरण गरिएको छ । नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई दुग्ध उत्पादनमा सबल बनाउनका लागि बिमा गरेर भैंसीका पाडी वितरण गरिएको बताए । बुटवललाई दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित आइतबार ३३ वटा पाडी वितरण गरिएको र बाँकी क्रमशः वितरण गरिने पशुपंक्षी विकास अधिकृत झविन्द्र बञ्जाडेले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा ९० जना किसानले पाडी अनुदानका लागि सम्झौता गरेका छन् ।

बुटवलले यसअघि किसानलाई दुग्ध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन सहयोगी मिल्क चिलिङ भ्याट खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । मिल्क चिलिङ भ्याट १ हजार लिटर क्षमताको हाफ राउण्ड ३ टन क्षमताको एकल रेफ्रीजेरेसन युनिट, कन्ट्रोल प्यानल सहितको मेसिन उपलब्ध गराइएको हो ।


प्रकाशित : असार १६, २०८१ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×