कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सरकार परिवर्तनको विषय सामान्य हो : निधि

सुनसरी — नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले सरकार परिवर्तनको विषयलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । सदरमुकाम इनरुवामा आइतबार आयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औँ जन्मोत्सवको अवसरमा कोइरालाको व्यत्तित्व विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता निधिले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार परिवर्तन हुनुलाई सामान्यरुपमा लिनुपर्ने बताए ।

सरकार परिवर्तनको विषय सामान्य हो : निधि

शनिबार मात्रै प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेका थिए ।

देउवासँग के विषयमा ओलीको छलफल भएको हो स्पष्ट नभइसकेको अवस्थामा निधिको यो भनाइलाई अर्थपूर्णरुपमा हेरिएको छ । नेता निधिले सरकार परिवर्तनलाई सामान्यरुपमा लिनुपर्ने बताएपनि कांग्रेस र एमाले मिलेर सरकार बन्न सक्ने सम्भावनाको बारेमा भने केही बोलेनन् ।

निधिले आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले कांग्रेस अब २०८४ सालको निर्वाचनमा केन्द्रित हुने बताए । कांग्रेसमा स्थापना कालदेखि नै अहिलेसम्म गुटै-गुट रहेको बताउँदै अब गुटलाई न्यूनीकरण गर्दै प्रतिपक्षमा बसेर संगठन बलियो पार्नुपर्ने बताए ।

निधिले मुलुकमा गणतन्त्र र शान्तिप्रक्रिया कायम गर्न नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको ठुलो भुमिका रहेको बताए । तत्कालीन अवस्थामा भएको माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकमा शान्ति र स्थायित्व कायम गर्न गिरिजाप्रसाद कोइरालाको निर्णायक भुमिका रहेको निधिको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस सुनसरी सभापति केदार भण्डारी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, सिताराम मेहेता लगायतले आफ्नो विचार राखेका थिए ।

प्रकाशित : असार १६, २०८१ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×